नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
पाँचथर - सदरमुकाम फिदिम नगरपालिका-११ त्रितिया बजार नजिक बुधबार अपराह्न ४ बजे गाडी दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा फिदिम नगरपालिका १३ का ३५ वर्षीय बलबहादुर राई रहेका छन् ।
राई आफैँले चलाएको मे १ ज ३०६८ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।
राईलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएकाे हाे । दुर्घटनामा २२ वर्षीय विप्लव शङ्कर र १७ वर्षीय उत्तम आङवो घाइते भएका छन् ।
उनीहरुको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै बुधबार नै पाँचथरकाे तुम्बेवा गाउँपालिका केन्द्र मौवा बजारबाट धरानका लागि छुटेको जीप सान्देमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।
ना १ ज ५२९७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।