खाडीका देश र मलेसियामा कोरोना संक्रमितको संख्या बढ्दो, समस्या परे यी ठाउँमा सम्पर्क गर्नुहोस्

 चैत ७, २०७६ शुक्रबार १०:३१:४३ | उज्यालो सहकर्मी

नेपाली कार्यरत मलेसिया र खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या शुक्रबार बिहानसम्म २२ सय ४८ पुगेको छ ।  खाडीका देशको तुलनामा मलेसियामा सङ्क्रमितको सङ्ख्या धेरै छ । मलेसियामा अहिलेसम्म ९ सय जनामा सङ्क्रमण देखिएको छ । 

विश्वका एक सय ८० देशका २ लाख ४५ हजार ६७१ मा सङ्क्रमण फैलिसकेको छ । १० हजार ४९ जनाको ज्यान गएको छ भने ८८ हजार चार सय ४१ जना निको भएका छन् ।

यूएईमा दुई नेपालीमा कोरोनाको संक्रमण देखिए पनि खाडीका बाँकी देश र मलेसियामा अहिलेसम्म नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छैन । तपाईँ कार्यरत खाडीका देशमा कहाँ कस्तो अवस्था छ र समस्या परे कहाँ सम्पर्क गर्ने त ?

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी : 

कतार

सङ्क्रमित सङ्ख्या : ४ सय ६०

निको भएर घर फिरेकाहरु : १०

अस्पतालमा उपचाररत : ४ सय ५०

कतार सरकारको सल्लाह :

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । 

भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपको प्रयोग गर्नुहोस् । 

कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । 

नेपाली दूतावासले गर्ने काम र सम्पर्क नम्बर :

कतारमा रहेको नेपाली दूतावासले शव नेपाल पठाउने, यात्रा अनुमति र पासपोर्ट जस्ता अत्यावाश्यक कामबाहेक अरु सेवाहरु रोकेको छ । 

दूतावासमा पासपोर्ट र यात्रा अनुमति पत्रका लागि द्वितीय सचिव ऋचा भट्टराईलाई ६६३१६९८५ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

मृतकसम्बन्धी सेवाका लागि द्वितीय सचिव भुवनप्रसाद भट्टलाई ६६७४२०६४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

नेपाली समुदायको सरोकारको विषयका लागि द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।   

यस्तै दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ । 

यूएई

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । मङ्गलबारदेखि यूएई भ्रमणमा आउनेहरुलाई सरकारले भिसा समेत नदिने निर्णय कार्यान्वयन गरेको छ । 

सङ्क्रमित सङ्ख्या : १ सय ४०

निको भएर घर फिरेकाहरु : ३१

अस्पतालमा उपचाररत : दुई जना नेपालीसहित १०९

यूएई सरकारको सल्लाह :

पर्यटकीय स्थलहरु, बिद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने सार्वजनिक स्थानहरुमा भेला नहुनुहोस् । 

कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् । 

यूएईको Ministry of Health and Prevention( मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् । 

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । 

भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोवाईल तथा मोवाईल एपहरु गर्नुहोस् । 

आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ । 

साउदी अरेबिया 

सङ्क्रमित सङ्ख्या : २ सय ७४

निको भएर घर फिरेकाहरु :  ८

अस्पतालमा उपचाररत :  २ सय ६६

साउदी सरकारको सल्लाह  : 

सरकारले कोरोना भाइरस परीक्षणको लागि -Saudi Center for Disease Prevention and Control) साउदी  सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोल) लाई आधिकारिक प्रयोगशाला तोकेको छ । त्यसैले रुघाखोकी लागेमा, ज्वरो आएमा तथा श्वासप्रश्वासमा समस्या देखिएमा साउदी सरकारले तोकेका परीक्षणस्थल र प्रयोगशालामा मात्र जाँच गराउनुहोस् । 

सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् । 

कसैलाई रुघाखोकी लागेको, ज्वरो आएको तथा श्वासप्रश्वासमा समस्या देखिएको भए ती व्यक्तिसँग भेट हुँदा वा बोल्दा कम्तीमा पनि एक मिटर टाढै रहनुहोस् । 
अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ९६६१४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् ।

बहराइन 

बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । 

सङ्क्रमित सङ्ख्या : २ सय ७८'

निको भएर घर फिरेकाहरु :११०

अस्पतालमा उपचाररत : १ सय ६७

मृतकको सङ्ख्या : १

बहराइन सरकारको सल्लाह :

अरु देशमा झैँ बहराइन सरकारले पनि सबैलाई भिडभाडमा नजान र सुरक्षाका उपाय अपनाउन सल्लाह दिएको छ ।

ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ । 

कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ । 

कुवेत 

कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था समेत बन्द गरिएका छन् । गएको शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ । 

सङ्क्रमित सङ्ख्या : १ सय ४८

निको भएर घर फिरेकाहरु : १८

अस्पतालमा उपचाररत : १ सय ३०

कुवेत सरकारको सल्लाह :

सार्वजनिक क्षेत्रमा भेला भएर नबस्नुहोस् ।

घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्नुहोस् । कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । 

स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् ।

 कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् । 

ओमान 

सङ्क्रमित सङ्ख्या : ४८

निको भएर घर फिरेकाहरु : १३

अस्पतालमा उपचाररत : ३५

ओमान सरकारको सल्लाह :

सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस् । 

ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

मलेसिया 

कोरोनाको सङ्क्रमण फैलन नदिन मार्च १७ मङ्गलबारदेखि मार्च ३१ सम्म मलेसियामा ‘लकडाउन’ नै गरिएको छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ । 

सङ्क्रमित सङ्ख्या : ९००

निको भएर घर फिरेकाहरु : ७५

अस्पतालमा उपचाररत : ८ सय २३

मृतकको सङ्ख्या : २

मलेसिया सरकारको सल्लाह :

कोरोनाको सङ्क्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजानुहोस् ।

सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । 

कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । 

मलेसियामा नेपालीका लागि काम गर्ने धेरै सङ्घसंस्था छन् । समस्या पर्दा यस्ता सङ्घसंस्थाको पनि सहयोग लिन सकिन्छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया