नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
बझाङ - भारतबाट बझाङ पुगेका १ सय ८५ जनामध्ये १ सय १५ जना मात्रै क्वरेण्टीनमा बसेका छन् । ११५ जना स्थानीय सरकारको सम्पर्कमा आएका भए पनि अन्य ७० जना भने सम्पर्कमा नआएर सिधै घर गएको पाइएको छ ।
इलाका प्रहरी कार्यलय स्याँडीले ती १ सय ८५ जना भारत तथा कैलालीबाट बझाङमा आएका बताएको छ । सबै पालिकाहरुको क्वरेण्टीनमा गरी जम्मा ११५ जना मात्रै बसेका स्वास्थ्य कार्यालयका माहामारी नियन्त्रण फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायण जोशिले जानकारी दिनुभयो ।
बाँकी ७० जना सम्पर्क नै नगरेर सिधै आआफ्नो घर गएको हुनसक्ने जोशीकाे भनाइ छ । थलारा गाँउपालिकाका स्वास्थ्य संयोजक पदम ओलीका अनुसार अहिलेसम्म थलारा गाँउपालिकाले निर्माण गरेको क्वरेण्टीनमा ४२ जना मात्रै छन् ।
जसमा २ जना डोटीको आदर्श गाँउपालिकाका, एक महिला छबिसपाथिभेरा गाँउपालिकाको र बाँकी ३९ जना एकै वडाका रहेका छन् । उनीहरु मात्रै सम्पर्कमा आएका कारण स्वस्थ्यकर्मी, जनप्रतिनीधीहरुले उनको रेखदेख गर्ने गरेको ओलीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।