रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित...
मंसिर १४, २०८१ शुक्रबार
जोकराज कुलुङ
कोरिया – वैदेशिक रोजगारीको लागि कोरियामा रहेका नेपालीहरुले कोरोना भाइरस परीक्षणको किट्स पठाउने भएका छन् ।
खकारबाट कोरोना परीक्षण गरी तीन घण्टामै नतिजा दिन सकिने पाँच हजार किट्स खरिद गरेर नेपाल पठाउन लागिएको एनआरएनए कोरियाका सचिव मनोज गौतमले जानकारी दिनुभयो । किट्स खरिदका लागि कोरियामा रहेका नेपालीहरुले ७० लाखभन्दा धेरै रकम सङ्कलन गरिरहेका छन् ।
यो क्रम अझै बढिरहेको र रकम धेरै भएमा किट्सका साथै अरु सामग्री समेत पठाइने सचिव गौतमले जानकारी दिनुभयो । ‘किट्स खरिदका लागि किट्स बेच्ने कम्पनीसँग सम्झौता पनि भइसक्यो, भोलिसम्ममा पाँच हजार किट्स प्राप्त हुन्छ’, सचिव गौतमले भन्नुभयो ।
कोरियाबाट सिधा उडान नभएकोले चीनमा पठाउने र चीनमा रहेको टोलीले समन्वय गरेर भोलि नै नेपालमा किट्स पुर्याउने तयारी भएको सचिव गौतमले बताउनुभयो ।
अहिले नेपालमा रहेको प्रविधिबाट कोरोना परीक्षण गर्दा नतिजा आउन कम्तीमा २४ घण्टाभन्दा धेरै लाग्ने गरेकोमा कोरियामा रहेको किट्सले तीन घण्टामा सजिलै नतिजा दिन सकिने जनाइएको छ । यही प्रविधिका कारण कोरिया सरकारले सडमकै परीक्षण शिविर चलाएर दैनिक १५ हजारभन्दा धेरैको जाँच गरेको थियो ।
कोरियामा नेपाली समय अनुसार १२ देखी १ बजेसम्म खाना खाने समय भएकोले त्यसबीचमा अझ सहयोग थपिन सक्ने र थप किट्स तथा अरु सामग्री थप्न सकिने गौतमले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामचन्द्र रानाभाट
March 28, 2020, 4:41 a.m.हजुर हरुको देश प्रतिको माया ले आभार छौ, धन्यवाद सम्पुर्ण लाई ।
Ram Thakuri
March 27, 2020, 11:26 a.m.हार्दिक आभार ती बिशाल ह्रदय भएका प्रति /