मङ्गलबार बेलुकीदेखि देशका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना

 चैत १७, २०७६ सोमबार ७:१३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मङ्गलबार बेलुकीदेखि देशका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले साेमबार पहाडी क्षेत्रको मौसम बादल लाग्दै खुले पनि मङ्गलबार बेलुकीदेखि भने केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुने उहाँको अनुमान छ । तर ठूलो पानी वा भारी हिमपातको सम्भावना भने कतै पनि नरहेको उहाँको भनाइ छ । प्रिमनसुन अर्थात् मनसुन अघिको अवस्था रहेकाले नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्ने मौसमविद् पोख्रेलले बताउनुभयो ।

साेमबार दिउँसो भने पहाडी तथा पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । अन्य  ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: मंसिर २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया