उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ - लमजुङका ८ वटै पालिकामा गरी ९ सय शय्याको क्वरेण्टीनबनाइएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को सम्भावित जोेखिमलाई ख्याल गर्दै विदेशबाट आएका र संक्रमण आशंका गरिएकालाई सुरक्षित रुपमा राख्नका लागि जिल्लाका चार नगरपालिका र चार गाउँपालिका गरी ८ वटै पालिकाले क्वरेण्टीनबनाएका हुन् ।
लमजुङमा हालसम्म ९ सय ४ शय्याको क्वरेण्टीनबनाइएको जिल्ला प्रशासन कार्यालय,लमजुङका सहायक प्रजिअ अनिलकुमार शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चैत १ गतेपछि जिल्लामा भारत, कतार, दुवइ लगायतका विभिन्न देशबाट २ सय ८० जना भित्रिएका छन् । जिल्लामा क्वरेण्टीनसंख्या धेरै भएतापनि क्वारेन्टाइनमा बस्नेको संख्या भने कम छ । जिल्लामा हालसम्ममा ४७ जना क्वारेन्टाइनमा बसेको र ३ जनाको स्वाब परीक्षणका लागि पठाइएको शाहीले जानकारी दिनुभयो ।
लमजुङका विभिन्न स्थानीय तहले कोभिड १९ को सम्भावित जोखिम, रोकथाम र नियन्त्रणका लागि विभिन्न कदमहरु चालेका छन् ।
बेसीशहर नगरपालिका
लमजुङको बेसीशहर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ज्याला–मजदूरी गर्दै आएका घरपरिवारको पहचिान गरी राहतस्वरुप खाद्यान्न वितरण गरिरहेको छ ।
नगरपालिकाले हालसम्म २ सय परिवारलाई प्रति परिवार ३० केजी चामल, दाल, चना, नून एक एक केजी र एक लिटर तेल वितरण गरिसकेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो । उहाँका अनुुसार नगरपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ख्याल गर्दै १ करोेडकोे अक्षयकोष स्थापना गरेको छ ।
सुन्दरबजार नगरपालिका
लमजुङको सुन्दरबजार नगरपालिकाले उद्धाररमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकको कोरोनाबाट सङ्क्रमित भइ मृत्युु भएमा निजका परिवारलाई १० लाख दिने जनाएको छ ।
नमुना सामुदायिक अस्पतालमा फिभर क्लिनिक बनाएको छ । ६ बेडको आईसोलेसन कक्ष निर्माण र ‘हेल्लो डाक्टर कार्यक्रम’ पनि संचालन गरिएको नगरपालिकाले जनाएको छ ।
सुन्दरबजार नगरपालिकाले आइसोलेसन सहितको एम्बुलेन्स सेवा सुरु गर्ने भएको छ । नगरपालिकाभित्र रहेका विभिन्न ४ वटा एम्बुलेन्समा आइसालेसन बनाइएको छ ।
राइनास नगरपालिका
लमजुङको राइनास नगरपालिकाले २५ लाखको ‘कोरोना राहतकोष’ स्थापना गरेको छ । राइनास नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको उद्धाररमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्वयम्सेवकहरुको कोरोनाबाट संक्रमित भै मृत्युु भएमा निजका परिवारलाई राहत स्वरुप ११ लाख दिने नगरपालिकाले निर्णय गरेको छ ।
यसैगरी, नगरपालिकाले नगर क्षेत्रमा दैनिक ज्याला, मजदूरी गर्दै आएकाहरु समस्यामा परे खाद्यान्न उपलव्ध गराउने जनाएको छ ।
दोर्दी गाउँपालिका
लमजुङको दोर्दी गाउँपालिकाले ‘लक डाउन’ अवधिभर अपरिचित व्यक्तिहरुलाई गाउँपालिका क्षेत्रभित्र प्रवेश निषेध, गाउँपालिकाका बासिन्दालाई अन्यत्र जान रोक लगाएको छ ।
जुनसुकै रोगका बिरामीको उपचारका लागि लक डाउन अवधिभर नि ः शुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
दोर्दी गाउँपालिका क्षेत्रमा रहेका विभिन्न हाइड्रोपावरमा कार्यरत कामदारहरुको तथ्यांक संकलन गर्नुका साथै कामदारहरुलाई यथास्थानमा सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ ।
ज्याला÷मजदूरी गर्दै आएकालाई समस्या परेमा आवश्यकता अनुसार खाद्यान्न उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।