उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बझाङ–छिमेकी देश भारतबाट घर फर्किएका ३ सय ८० जना स्थानीय सरकारका विभिन्न क्वरेण्टीनमा बसेका छन् । जिल्लाका १२ वटा स्थानीय सरकारले ३४ वटा क्वरेण्टीन बनाएका छन् ।
सुरुका दिनमा क्वरेण्टीनमा बस्न नमाने पनि पछिल्लो समय स्थानीय बासिन्दाको दबाब तथा स्थानीय सरकार, प्रशासन, प्रहरी, स्वास्थ्य कार्यालय र सशस्त्र प्रहरीले सचेतना फैलाएपछि उनीहरु क्वरेण्टीनमा बस्न तयार भएका हुन् ।
थलारा गाउँपालिकाले निर्माण गरेको क्वरेण्टीनमा २ जना बसेका छन् । यस्तै थलारा गाउँपालिकामा बनाइएको क्वरेण्टीनबाट भागेर अधिकांश होम क्वरेण्टीनमा बसेको पाइएको छ ।
त्यस्तै बुङ्गल नगरपालिकामा १ सय ५८, बिथ्थडचिर गाउँपालिकामा १ सय ५, जयपृथ्वी नगरपालिकामा ५ र तल्कोट गाँउपालिकाको क्वरेण्टीनमा ६ जना रहेको स्वास्थ्य कार्यालयका माहामारी नियन्त्रण फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायण जोशीले बताउनुभयो ।
त्यसैगरी सुर्मा गाउँपालिकामा ७, साइपाल गाउँपालिकामा ७, दुर्गाथली गाउँपालिकामा ४१, छविस पाथिभेरा गाउँपालिकामा १९, केदार स्युँगाउँपालिकामा ३३ र खप्तड छान्ना गाउँपालिकामा १ जना क्वरेण्टीनमा बसेका छन् ।
टेक्निसियन जोशीका अनुसार क्वरेण्टीनमा बस्ने सबै भारतबाट आएका हुन् ।
जिल्लाबाहिरबाट आएकालाई पनि क्वरेण्टीनमा राख्ने गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।