नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
डोटी - केआईसिंह गाउँपालिका वडा नम्बर ४, वायलका वडाध्यक्ष जयलाल धामीलाई स्थानीय नागरिकले कुटपिट गरेका छन् ।
राहत वितरणमा पक्षपात गरेको भन्दै वडाअध्यक्ष धामीलाई कुटपिट गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडाध्यक्षले राहत वितरण गरिरहेको बेला एक्कासी आएर केही व्यक्तिले हातपात गरेछन्, छानबिन गर्न थालेका छौँ ।’
नेपाली कांंग्रेसबाट निर्वाचित वडाध्यक्ष धामीलाई राहत वितरण कार्यक्रममै कुटपिट गरिएको हो ।
वडाध्यक्ष धामीलाई कुटपिट गरेसँगै वडा कार्यालयमा तालाबन्दी समेत गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्नहरुको छानबिन तथा खोजी भैरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।