साउदीमा ३१ नेपाली कोरोना सङ्क्रमित, ६ जना निको, २५ जना अस्पतालमा

 वैशाख १८, २०७७ बिहीबार १९:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीको जेद्दा क्षेत्रभित्र २६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ ।

यसमध्ये एक जना निको भएको र २५ जनाको अस्पतालमा उपचार भइरहेको साउदीको जेद्दामा रहेको महावाणिज्य दूतावासले जनाएको छ । यस्तै यसअघि सङ्क्रमित पाँच जना नेपाली नागरिक भने उपचारपछि निको भएको साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले बताउनुभयो ।

दूतावासका अनुसार साउदीमा अहिलेसम्म जम्मा ३१ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । साउदीमा अहिलेसम्म २२ हजार ७ सय ५३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यसमध्ये ३१ सय ६३ जना निको भएका छन् भने १९ हजार ४ सय २८ जनाको अस्पतामा उपचार भइरहेको छ । साउदीमा अहिलेसम्म कोरोनाको कारण १६२ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया