यस्तो कठिन परिस्थितिमा सबै श्रमिकहरु एकजुट हुनुपर्छ : पूर्व श्रम मन्त्री विष्ट

 वैशाख १९, २०७७ शुक्रबार ११:३०:१० | उज्यालो सहकर्मी

काठमाण्डौ – पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अहिलेको अवस्थामा श्रमिकहरुबीच बलियो एकताको आवश्यकता भएको बताउनुभएको छ ।

श्रमिक दिवसको शुभकामना दिंदै उहाँले कोभिड १९ को विश्वव्यापी महामारीसँगै श्रमिक र उनीहरुका परिवारमा पर्ने समस्यासँग जुध्न सबै श्रमिकहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस श्रमिकहरुको  गौरवको दिन भए पनि अहिले धेरै श्रमिक समस्यामा परेको भन्दै उहाँले समस्याहरूको समाधान, सुनुवाई र सम्बन्धित निकायको ध्यानाकर्षणको लागि श्रमिकहरुमा बलियो एकता र तत्परता आवश्यक भएको र यसका लागि सबै श्रमिक सजग हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

‘कोरोना भाइरसको विश्वव्यापी असरका कारण देशभित्र र बाहिर रहेका नेपाली श्रमिकहरूको रोजगारी र सुविधामा कटौती हुने, खान नपाएर श्रमिक र उनका परिवारको जीवन जोखिममा पर्ने जस्ता समस्याहरू देखिँदैछन्’, उहाँले भन्नुभएको छ,  ‘यो संकटलाई स्वावलम्बी, राष्ट्रिय अर्थतन्त्रको निर्माण र रोजगारी सिर्जनाको अवसरको रूपमा बदल्ने सम्भावना पनि छ ।’

 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया