श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट
मंसिर १३, २०८१ बिहिबार
कैलाली - भारतको उत्तर प्रदेशको पलिया क्वरेन्टीनमा राखिएका नेपालीहरुले खानाको समस्या बढ्दै गएको गुनासो गरेका छन् ।
डेढ महिनादेखि पलियाको एउटा कलेजमा राखिएका झण्डै दुई सयजना नेपाली मजदूरहरुले पेटभरी खानासमेत नपाएको गुनासो गरेका हुन् ।
‘सुरुमा पलिया क्वरेन्टीनमा हामी एक सय २४ जना मात्रै थियौँ’, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ का जयबहादुर थापाले भनुभयो, ‘अहिले सङख्या बढ्दै गएर दुई सय पुगेको छ । पेटभरी खाना नपाएको पनि हप्तौं भइसकेको छ ।’
उहाँका अनुसार भारतका विभिन्न सहरबाट अहिले पनि नेपाल फर्किनका लागि पलिया पुग्ने क्रम जारी रहेको छ । पलिया क्वरेन्टीनमै रहेका गोदावरी नगरपालिका स्याउलेका भुपेन्द्र अधिकारीले केही दिनदेखि क्वरेन्टीनमा बसेकाहरुले एक छाक मात्रै खाना पाइरहेको बताउनुभयो ।
‘प्रत्येक दिन दिउँसोको २/३ बजेतिर खाना दिइन्छ । त्यस अगाडि न बिहान केही नास्ता हुन्छ न खाना खाइसकेपछि साँझ नास्ता हुन्छ’, पलिया क्वरेन्टीनबाट टेलिफोनमा अधिकारीले भन्नुभयो ।
उहाँका अनुसार अहिले पलिया क्वरेन्टीनमा झण्डै दुई सय नेपाली मजदूर छन्। उनीहरुमध्ये अधिकांश कैलालीकै छन्। पहाडी जिल्ला दार्चुला र बैतडीको सीमा हुँदै दुई हजार ६ सय जना मजदूरको उद्धार भएपछि उनीहरु पनि हर्षित भएका थिए ।
तर उद्धार नभएपछि उनीहरु अहिले कष्टकर दैनिकी बिताउन बाध्य भएका छन् । कैलाली प्रशासनको कमजोरीका कारण अहिलेसम्म उद्धार नभएको गुनासो उनीहरुले गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।