नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
यूएई – यूएईमा कोरोनाको कारण मंगलबार मात्रै दुई जना नेपालीको ज्यान गएको छ । यूएईको आबुधाबीमा एक रेष्टुरेन्टमा काम गर्ने अर्घाखाँचीका ३९ वर्षका र यूएईकै अलऐनमा नेपालको ठेगाना नखुलेका अर्का एक युवाको ज्यान गएको हो ।
कोरोना सङ्क्रमणका कारण लामो समय उपचाररत अर्घाखाँचीका युवालाई कोरोना सङ्क्रमण हुनासाथ आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना गरिएको थियो । अवस्था नाजुक बन्दै गएपछि उहाँलाई अलऐनको ब्रुजेल अस्पतालमा सारिएको थियो ।
भेण्टीलेटरमा राखेर उपचार भईरहँदा मंगलबार ज्यान गएको अस्पतालले पुष्टि गरेको कम्पनीले परिवारलाई जानकारी गराएको छ । उहाँ पहिलो पटक यूएई आउनुभएको थियो । अघिल्लो हप्ता यूएईमै अर्घाखाँचीका अर्का एक युवाको पनि कोरोना सङ्क्रमणका कारण ज्यान गएको थियो ।
अलऐन अस्पतालमा ज्यान गुमाउने अर्का युवाको भने नेपालमा ठेगाना खुलेको छैन ।
पछिल्लो समय यूएईमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमण बढे पनि राष्ट्रियता नखुलाउँदा दूतावासले सङ्क्रमित नेपालीको यकिन विवरण दिन सकेको छैन । यस्तै कोरोनको कारण ज्यान गुमाउने नेपालीको पनि दूतावासले पुष्टि गर्न छोडेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।
रमेश रिजाल
May 13, 2020, 2:37 a.m.खोइ ह्जुर अब सरकार ले केही गरे हुन्थ्यो नत्र परदेश मै नेपाली ले अकाल मा ज्यान गुमाउनु पर्ने अवस्था आउने भो/
Namaskar hjr ma abudhabu salamcity
May 13, 2020, 2:09 a.m.अहिले हामी बसेको तीन महिना भयो ...कम्पनी बन्द भएर हामी बसेको हो ...हामीसंग भएको पैसा पनि धेरै छैन ...हजुरहरुले हेल्प गर्नुपर्छ ...मेरो नाम टंकनाथ शिवाकोटी /
Dilip mahato
May 12, 2020, 7:57 p.m.अब नेपालीको अवस्थाबारे दुतावासले केही गरे पो थाहा हुन्छ /