नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
बझाङ – रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएर फर्किएकाहरुले राेजगारी सिर्जना गरिदिन पालिकालाई आग्रह गरेका छन् । लकडाउनमा गाउँ फर्किएकाहरुले रोजगारीको लागि अन्यत्र जानसक्ने अवस्था नभएको भन्दै आफ्नै गाउँमा रोजगारीकाे कार्यक्रम सुरु गर्न आग्रह गरेका हुन् ।
भारतको रामपुरमा अलपत्र परेका थलारा गाँउपालिकाका ९३ जनालाई सोमबार विभिन्न राजनीतिक दल तथा पालिकाको विषेश पहलमा उद्धार गरिएको थियो ।
भारतमा बस्दा निकै दुःख पाएको बताउँदै उनीहरुले रोजगारीकाे लागि भारत नजाने भन्दै पालिकासँग यस्तो आग्रह गरेका हुन् । झण्डै पाँच वर्ष भारतमा बसेर घर फर्किएका थलाराका प्रकाश बोहोराले भारतमा बस्दा निकै कष्टकर जीवन बिताउनुपरेको गुनासो गर्नुभयो ।
गाँउपालिकाकै लोकेशबहादुर थापाले पनि घरायसी खर्च टार्न भारत जानुपरेको गुनासो गर्नुभयो । थापा, बोहोराजस्तै एक दशकभन्दा बढी भारत बस्नुभएका भरत थापाले पालिकाले सहयोग गरे गाउँमै कृषि व्यवसाय गर्ने सोच बनाउनुभएको छ ।
आफूसँग लगानी गर्न रकम नभएका कारण पालिकाले पहल गरिदिनुपर्ने उनीहरुको भनाइ छ । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले यसका लागि अहिले सरकारले ल्याएकाे प्रधानमन्त्री स्वरोजगारकाे कार्यक्रमहरुलाई आफूहरुले प्राथमिता दिएको बताउनुभयो ।
उहाँले भारतमा रोजगारी गर्ने हजारौँको सङ्ख्यामा भएका कारण पालिकादेखि प्रदेश र सङ्घीय सरकारले यसमा चासो दिन आवश्यक रहेको बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।