लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – सरकारले विदेशबाट दैनिक तीन हजारदेखि ३५ सयसम्म नेपालीलाई फर्काउन सकिने निश्कर्ष निकालेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाल सरकारबीच शुक्रबार भएको छलफलमा दैनिक तीन हजारदेखि ३५ सयसम्म नेपालीलाई स्वदेश फर्काउन सकिने निश्कर्ष निकालिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।
आज बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले साता वा दश दिनपछि दैनिक ३ हजारदेखि ३५ सयसम्म नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको छ ।
यसका लागि नेपालमा भएका सबै सरकारी र निजी कम्पनीका जहाज उडाइनेछ र नेपाल आउन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ । काठमाण्डौ विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ । होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ । फर्केकाहरूले आफ्नो क्षमता अनुसार होटल छान्न पाउनेछन् ।
परराष्ट्र मन्त्रालयले तयार पारेको सूची अनुसार क्रमशः उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ। तेस्रो देशबाट नागरिक ल्याउने काम एक सातापछि सुरु हुने अनुमान छ ।
यसैबीच एनआरएनए अध्यक्ष पन्तले सम्पूर्ण डायस्पोराका नेपालीहरुलाई केहीदिन धैर्य गर्न अनुरोध गर्दै नेपाल सरकार र विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा राष्ट्रहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
भगवान घिमिरे
May 31, 2020, 2:52 a.m.यसको मतलब सरकारले आफ्नै खर्चमा नेपाल फर्कन दिने र काठमान्डौका होटेलमा ससुल्क खाने बस्ने व्यवस्था सहितको एक हप्ता क्वारेन्टाइन राख्ने अनि सम्बन्धित पालिकामा पठाउने। ठिकै छ आफ्नो देश फर्कन पाउनु पनि भाग्यको कुरा हो यो महामारीमा।