उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
कैलाली – कैलालीमा माटोको ढिस्कोमा पुरिएका एक युवकको ज्यान गएको छ ।
गौरीगङ्गा नगरपालिका ८ मा माटो खन्ने क्रममा खसेको ढिस्कोमा पुरिएर गम्भीर घाइते भएका १८ वर्षीय भुवन बोहोराको ज्यान गएकाे हो ।
गम्भीर घाइते भएका युवकको उपचारकाे क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले बताउनुभयाे ।
यस्तै ढिस्कोमा पुरिएर घाइते हुनुभएकी स्थानीय ४० वर्षीया दुर्गा मन्नीको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।