साउदीबाट स्वदेश फर्कनुपर्नेलाई थप विवरण तत्काल उपलब्ध गराउन दूतावासको अनुरोध

 जेठ १९, २०७७ सोमबार १९:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फिर्तीका लागि थप विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । स्वदेश फर्कनै पर्ने अवस्थामा रहेकाले दूतावासमा आफ्नो विवरण टिपाएको भए पनि स्वदेश फिर्तीका लागि थव विवरण आवश्यक भएको भन्दै दूतावासले इमेल र फोनमार्फत विवरण टिपाउन अनुरोध गरेको हो ।

यी विवरण उपलब्ध गराउनुहोस् :

स्वदेश फर्कनका लागि बहिर्गमन भिसा लागेका, करार अवधि सकिएका, रोगजारी गुमाएका, एक्जिट भिसा लागेका महिला, गर्भवती, पारिवारिक भिजिट भिसामा पुगेकाहरु, अकामा नवीकरण नगरिएका वा नबनाइएका, आफन्तको मृत्यु भएका, कोरोनाबाहेक अरु बिरामीहरु, रोजगारीसहित बिदामा गएका अध्ययन सकेर नेपाल फर्कनुपर्ने विद्यार्थी लगायतले फारम भरेका छन् । उनीहरुको स्वदेश फिर्तीका लागि दूतावासले समन्वय गर्ने हुँदा थप विवरण भर्न दूतावासले अनुरोध गरेको छ ।

पेश गर्नुपर्ने थप विवरण :

बहिर्गमन भिसा र राहदानीको कपि ।

बिरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्किप्सन । (जहाजमा उड्न कठिनाइ हुने बिरामीलेसमेत यो विवरण खुलाउनुपर्नेछ ।)

आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल फर्कनुपर्नेले कारणसहितको स्वघोषणा ।

नेपाल फर्कनुपर्ने विध्यार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात ।

दूतावासले आवश्यक विवरण [email protected] र ०५०००३१७०५ नम्बरमा ह्वाट्स्एपमार्फत पठाउन अनुरोध गरेको छ ।

आभा खमीस, नजरान, जिजान, आभा, बाहा, बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुक, लगायतका स्थानमा कार्यरत तर नेपाली राजदूतावास रियादले आह्वान गरेको अनलाइन फारम फरेका सबैको विवरण एकीकृत गरी नेपाली महाबाणिज्य दूतावास, जेद्धामा पठाइएकोले त्यहाँ सम्पर्क गर्न अनुरोध गरिएको छ ।

अकामा नवीकरण नगरिएका, नबनाइएका, कम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबारे पछि मात्रै जानकारी गराइने दूतावासले जनाएको छ ।

हवाई टिकट खर्च, कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परीक्षण, क्वरेण्टीनमा बस्नुपर्ने अवधि तथा पालना गर्नपर्ने अन्य शर्तहरुका बारेमा पनि दूतावासले पछि जानकारी गराउने उल्लेख गरेको छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

6 Comments

  • जयराम भारति

    June 5, 2020, 9 a.m.

    हामिलाई धेरै गाराे छ म नेपाल आउन चाहनछु

  •  0 Reply
  • Buddhi raj gurung

    June 3, 2020, 4:45 p.m.

    म नेपाल जान चाहन्छु , यहाँ ३ महिना भयो ..कुनै काम छैन अनि तलव पनि छैन... कृपया मलाई सहयोग गर्नुस/

  •  0 Reply
  • Dhan kumar limbu

    June 2, 2020, 3:27 p.m.

    साउदीमा छुटी काटेर आएको ३ साल भयो , घर जाने बेलामा लकडाउन छ , बुढीलाई पाठेघरमा समस्या आएको छ, म घर छिटै जाने व्यवस्था मिलाउनुपर्यो /

  •  0 Reply
  • बिमल भुसाल

    June 2, 2020, 7:19 a.m.

    करार अवधि सकिएको हुँदा र exit हानेर बसेको 3 महिना भयको हुदा हामीलाई नेपाल पठाउन अनुरोध छ /

  •  0 Reply
  • Dinanatha baral

    June 2, 2020, 7:13 a.m.

    करार अवधि सकिएको र एक्स्जित हानेर बसेको 3 महिना भयको हुदा खानाको पैसा नदियको हुदा समस्या परेको छ/

  •  0 Reply
  • Naresh GOtame

    June 2, 2020, 12:21 a.m.

    भीसा सकेर बसेको २ महिना भयो / चाँडो नेपाल लगियोस्/

  •  0 Reply

तपाईको प्रतिक्रिया