लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – कतारबाट नेपाल फर्कन चाहनेलाई थप विवरण आउँदो आइतबार अर्थात ७ जुनसम्म उपलब्ध गराउन कतारमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । पहिलो चरणको सरकारको प्राथमिकतामा परेका र नेपाल फर्कनु पर्नेले स्वदेश फिर्तीका लागि दूतावासमा थप विवरण टिपाउन भनिएको हो ।
सुत्केरी र गर्भवती महिलाले पासपोर्ट, भिसा वा कतारी आईडीको प्रतिलिपि, स्वास्थ्य अवस्था गम्भीर भएमा त्यसको कागजात, अध्ययन समाप्त भएको विद्यार्थी (इन्टर्नसिपमा रहेकासमेत)ले पासपोर्ट, भिसा र कतारी आईडीको प्रतिलिपि, अध्ययन सकिएका वा इन्टर्नसिप सकिएको कागजात दूतावासमा बुझाउनु पर्नेछ ।
यस्तै आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्नेले पासपोर्ट, कतारी आईडी कन्सुलर सेवजा विभागबाट प्रमाणित मृत्युदर्ताको प्रमाणपत्र, भिजिट वा बिजनेश भिसामा रहेकाले पासपोर्ट र भिसाको प्रतिलिपि, श्रम करार अवधि सकिएका वा रोजगारी गुमाए (मार्च १३ भन्दा भन्दा पहिले) ले पासपोर्ट, भिसा, कतारी आईडी करार सकिएको वा रोजगारी गुमेको देखिने कागजात, कतारको आईडी नभएका, म्याद सकिएका वा भिसा सकिएका (१३ मार्च वा योभन्दा पहिले) पासपोर्ट, भिसा, कतारी आर्इडीको प्रतिलिपि र भिसा सकिएको देखिने कागजात दूतावासमा उपलब्ध गराउनु पर्नेछ ।
यी कागजात दूतावासमा [email protected] मा र दूतावासको सम्पर्क नम्बर ९७४३३५६०११७ मा ह्वाट्स्एप म्यासेज पनि गर्न सकिन्छ ।
यसरी फर्कंदा कोरोना परीक्षण गरी रिपोर्ट साथमा राख्नु पर्नेछ । विदेशबाट फर्कनेले हवाई उडान खर्च आफैंले व्यहोर्नु पर्नेछ । तर सम्बन्धित श्रम गन्तव्य देश वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले हवाइ उडान, यातायात, होटल क्वरेण्टीन लगायतको खर्चमध्ये केही वा सबै खर्च व्यहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले तिरे हुन्छ ।
विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वरेण्टीन वा पालिकाले व्यवस्थापन गरेको सम्बन्धित क्वरेण्टीनसम्मको यातायात खर्च व्यक्ति स्वयंमले तिर्नु पर्छ । साथै तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पनि पालना गर्नुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bijaya kumar ghalan
June 4, 2020, 4:58 p.m.15 दिन मात्र काम दिन्छ
Hikmat roka magar
June 4, 2020, 4:48 p.m.बिरामी भएको कारण ....
Mitra lal basel
June 4, 2020, 2:47 a.m.म बिजिनेस वर्किंग भीसामा आएको हो , चार महिना भयो ..भीसा रिन्यु भएको छ कि छैन थाहा नै भएन तर घर जानु पर्ने भयो / घरमा ६ महिनाको बाबु छ , श्रीमती बिरामी छे , दुइ नानी छन् दश वर्ष नपुगेका ...त्यसैले घर जानुपर्ने भयो /
Punaram pandey
June 3, 2020, 8:27 a.m.भिसा करार सकिएको qatar id समाप्त भएको पहिलैै टिकेट काटि सकेको covid 19 को कारण जान नसकेको मेरो फोन नम्बर 33250303
Keshav B.k
June 3, 2020, 4:49 a.m.खान बस्न समस्या छ /
shyam prasad sapkota
June 3, 2020, 12:24 a.m.मेरो आइडी को म्याद सकिएको र कम्पनीले रिन्यु नगरेको अनि कम्पनीमा काम नभएको र खान बस्न धेरै समस्या भएकोले ...३ महिना देखि कम्पनीले पैसा पनि नदिएको कारणले नापल जानु परेको हो /
Gyanandra thapa
June 2, 2020, 10:40 p.m.मेरो बुवा सार्है बिरामी भएर अस्पतालमा भएको कारण म घर जान लागेको, घरमा म एक्लो छोरा भएकोले मलाई गार्हो भएको छ , प्लिज मलाई नेपाल पठाईदिनुहुन बिनम्र अनुरोध गर्दछु सर /
जीत बहादूर महरा
June 2, 2020, 8:54 p.m.i have finish my qatar id before 4 month. Ihave 3 months before ticket but problem of covid-19 so my ticket is going to cancell.So i want to go Name :JeetBahadoor Mahara Id:27652414754 Mobile number:77509671