लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – यूएईबाट नेपालीको स्वदेश फिर्तीका लागि हुने दुई वटा चार्टर्ड उडान रद्द भएको छ ।
त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ र ४ गतेका लागि तय भएको नेपाल एअरलाइन्सकाे चार्टर्ड उडान रद्द भएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले निकालेको सूचनामा प्राविधिक कारणले उडान रद्द गरिएको जनाइएको छ । तर दूतावासले उडान रद्द भनेर सार्वजनिक गरेको सूचना भने तत्कालै हटाएको छ । थप जानकारीसहित अर्को सुचना प्रकाशित गर्ने दूतावासले जनाएको छ ।
यूएईमा मात्र होइन साउदीको दमामबाट हुने पहिलो उडान पनि रद्द भएको छ भने माल्दिभ्सबाट नेपालीको स्वदेश फिर्तीका लागि तय भएको उडान पनि रद्द भएको छ ।
असार १ गते हिमालय एअरले साउदीको दमामबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडान रद्द भएको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । पहिलो उडान नै अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको हो ।
बहराइनमा रहकेो नेपाली दूतावासले भने असार ३ गते हुने भनिएको उडान प्राविधिक कारणले असार ७ गते मात्रै हुने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Naresh Chandra Panthy
June 15, 2020, 11:52 a.m.तपाईहरुको न्युज म नियमित हेर्दैछु . उद्दारको लागि युएई जाँदै गरेको नेपाली प्लेन रद्द भएको खबर सत्य हो कि होइन ? हो भने कहिले रद्द भएको हो , कृपया जानकारी गरिदिनुहोला / धन्यवाद !