उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
डोटी – आफूलाई १० लाख रुपैयाँ दिएमा साढे तीन करोडको ऋण पास गरिदिने भन्दै ठगी गरेको आरोपमा डोटीबाट दुईजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाका अनुसार पक्राउ पर्नेमा डोटी जिल्लाको आदर्श गाउँपालिका–३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया तथा दार्चुला जिल्लाको लेकम गाउँपालिका–१ का ३२ वर्षीय पदमराज भट्ट रहेका छन् ।
आफूहरु नेपाल बैंक लिमिटेडको शाखा अधिकृत भएको र १० लाख रुपैयाँ दिएमा साढे तीन करोड रुपैयाँको ऋण पास गरिदिन्छु भन्दै कैलालीको टिकापुर नगरपालिकाकी ४४ वर्षीया एक महिलालाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उनीहरु दुवैजनालाई डोटीको दिपायल सिलगढी नगरापलिका–४ पिपल्लाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट नेपाल बैँक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आईएमईका भौचर समेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरुले कैलालीमा ठगी गरेका कारण कैलालीबाट नै मुद्दा चलाउने गरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी समक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी देउवाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।