लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – कतारले कोरोना महामारीका बेला विदेशी नागरिकलाई प्रवेशमा लगाएको रोक हटाउँदै अगष्ट १ देखि प्रवेश अनुमति दिने भएको छ ।
कतारले जोखिम कम भएका देशको सूची सार्वजनिक गर्दै नयाँ मापदण्ड बनाएर प्रवेश खुल्ला गरेको हो । नेपालमा सरकारले पुनः श्रम स्वीकृति खुल्ला गरेसँगै कतार जानका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ । साउन १ गतेदेखि हिजो बिहीबारसम्म मात्रै ३१९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
तर कतारले सार्वजनिक गरेको कम जोखिम भएका देशमा नेपाल पर्दैन ।कतारले नेपालसहित भारत, बंगलादेश र पाकिस्तान जस्ता देशको नाम त्यो सूचीमा राखेको छैन । सूचीमा नेपाल नपर्दा पुनः श्रम स्वीकृति लिएकार जान खाेज्नेहरुले थप प्रक्रिया गर्नपर्छ ।
हुन त यो सूची प्रत्येक दुई हप्तामा हेरफेर गर्न सक्ने जनाएको छ । कतारले जारी गरेको नियम अनुसार दक्ष र अदक्ष श्रमिकसहित घरेलु कामदारलाई पनि अगष्ट १ देखि प्रवेशमा अनुमति दिइने छ । तर उनीहरुले प्रवेशका लागि अनुमति लिनु पर्छ । कतारले प्राथमिकता, सार्वजनिक स्वास्थ्यको मापदण्ड, सरकारी र अर्ध सरकारी क्षेत्रको आवश्यकता र मानवीयताको आधारमा अनुमति दिने जनाएको छ ।
निजी क्षेत्रका दक्ष र अदक्ष कामदारको क्वरेण्टीन खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्न पर्नेछ भने घरेलु कामदारको हकमा पनि अनुमति प्राप्त भए पनि क्वरेण्टीन खर्च भने रोजगारदाताले नै तिर्नु पर्छ । श्रमिकले कतार यात्रा गर्नका लागि रोजगारदातासँग समन्वय गर्नु पर्नेछ ।
कतारले सार्वजनिक गरेको कम जोखिमयुक्त देशको सूचीमा नपर्ने अर्थात नेपालबाट जानेले पनि यात्रा गर्नुभन्दा ४८ दिनअघिको कोरोना पोजेटिभ नभएको रिपोर्ट पेश गर्नुपर्छ । कतार पुगेपछि क्वरेण्टीनमा बस्नैपर्छ । यसरी होटल क्वरेण्टीनमा बस्दा पोजेटिभ रिजल्ट आएकाहरु आइसोलेसनमा बस्नुपर्छ भने नेगेटिभ आएमा होटल क्वरेण्टीपछि पनि एक हप्ता होम व्वरेण्टीनमा बस्नु पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
sujan baral
July 24, 2020, 9:24 a.m.४८ दिन हैन , ४८ घण्टा हो , खबर लेख्दा अलि याद गरौं /