श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट
मंसिर १३, २०८१ बिहिबार
पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नै नगरि बिरामीलाई फिर्ता पठाउने अस्पतालाई कारबाही गर्ने भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षमा बुधबार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
वीरगञ्जमा सञ्चालनमा रहेका निजी अस्पतालहरुले बिरामी अस्पतालभित्र प्रवेश गर्न नदिइ फिर्ता पठाउने गरेका थिए ।
वीरगञ्ज सङ्घ सरकार मातहतमा रहेको उपक्षेत्रीय स्तरको नारायणी अस्पतालबाहेक एउटा शिक्षण अस्पताल सहित एक दर्जनभन्दा बढी निजी अस्पताल रहेका छन् । निजी अस्पतालले ज्वरो, रुघाखोकी भएका कुनै पनि बिरामीलाई अस्पतालमा प्रवेश नै नदिने गरेकाे पाइएकाे छ । अस्पतालको चक्कर लगाउँदा लगाउँदै काेभिड–१९ काे आशङ्कामा उपचार नपाएर धेरैले ज्यान गुमाएकाे घटना सार्वजनिक भएका छन् ।
यही अवस्थालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय पर्साले बिरामीलाई उपचार नगरि फिर्ता पठाउने अस्पतालालाई कारबाहीको चेतावनी दिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले सबै अस्पताललाई आफ्नो अस्पतालमा छुट्टै आइसोलेशन वार्डको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ । बिरामीको जाँच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड–१९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न लगाउने निर्देशन अस्पताललाई दिइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना नै निकालेर निजी अस्पताललाई निर्देशन दिँदै निर्णयको बेवास्ता गरी बिरामीको स्वास्थ्यमा खेलबाड गरे प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले दिएको निर्देशनमा ‘यस जिल्लाका विभिन्न निजी अस्पतालहरुमा उपचारका लागि आएका बिरामीहरुलाई अस्पतालहरुले जाँच तथा उपचार नै नगरि फिर्ता पठाउने गरेको भनी गुनासो आउने गरेको सम्बन्धमा छलफल गरियो । अबदेखि जिल्लाका सबै अस्पतालहरुलाई आफ्नो–आफ्नो अस्पतालहरुमा छुट्टै आइसोलेशन वार्डको व्यवस्था गरी आफूकहाँ आएका बिरामीहरुको जाँच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड–१९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न लगाउने’ उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।