नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं – रोजगारीका लागि गएका नेपाली कामदारमा देखिएको निराशा र आत्महत्याको समस्या न्युनिकरणका लागि आफन्तसँग भेट्ने व्यवस्था गरिएको दक्षिण कोरियाले बताएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग सोमबार भएको भेटमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले कामदारका आफन्तलाई कोरियामा भेटघाट गर्न जाने अवसर मिलाईसकिएको जानकारी गराउँदै केहि कामदारका आफन्तले कोरियामा रहेका परिवारका सदस्यलाई भेटेर फर्किसकेको पनि जानकारी गराउनुभएको छ ।
भेटमा मन्त्री विष्टले नेपाली कामदारहरुलाई देखा परेको निराशा र आत्माहत्याको समस्याको न्यूनिकरण गर्न कामदारको आफन्तलाई भेटघाटको अवसर दिन आग्रह गरेपछि राजदूत पार्कले यस्तो जानकारी गराउनुभएको हो ।
मन्त्री विष्टले दक्षिण कोरिया नेपालीका लागि आकर्षक रोजगारीको क्षेत्र रहेको भन्दै कामदारहरुको संख्या थप गर्न पनि आग्रह गर्नुभएको छ । कोरियामा जाने कामदारलाई त्यहाको आवश्यता अनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयहरु वीच समन्वय गरेर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संघीय सरकारको मातहतमा रहने गरि स्थापना हुन लागेको तीनवटा प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा गरेको पनि मन्त्री विष्टको भनाई छ ।
जवाफमा राजदूत पार्कले नेपाली कामदार ईमान्दार र मिहेनती भएकोले कामदारको संख्या थप गर्ने साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने बताउनुभएको छ । उहाँले प्रतिष्ठान स्तरका सीप विकास केन्द्रको पूर्वाधार निर्माणमा कोरिया सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।