युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – विदेशबाट फर्कंदा पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण लिएर आउने होटल क्वरेण्टीनमा बस्न नपर्ने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेले होटल क्वरेण्टीनमा बस्नुनपर्ने बताउनुभएको हो ।
विदेशबाट आउने नागरिकले होटल क्वरेण्टीनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्री भट्टराईले पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरु सिधै घर जान पाउने स्पष्ट पार्नुभएको हो ।
सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वरेण्टीनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका देशबाट आउनेले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वरेण्टीनमा बस्नुनपर्ने उहाँले बताउनुभयो ।
पीसीआर परीक्षण सहज नभएका देशहरुका लागि उद्धार उडान गरिने र पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकले होटल क्वरेण्टीनमा बस्नुपर्ने उहाँको भनाई छ । अर्को देशबाट आएर क्वरेण्टीनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अरु देशहरुमा समेत रहेको भन्दै उहाँले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वरेण्टीनमा बस्न सकिने बताउनुभयो ।
विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उहाँले बताउनुभयो ।
पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरूको क्वरेण्टीन खर्च व्यहोर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल घुम्न आउने पर्यटकहरुका लागि नभएर विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनै पर्ने कुटनीतिक नियोगका पदाधिकारी विकास साझेदार संस्थाका कर्मचारीहरु मात्रै आउन पाउने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
युवराज दवासे
Aug. 26, 2020, 10:07 p.m.सहि निर्णय , विभिन्न मुलकहरुबाट छुट्टी आएकाहरुलाई पुन आफ्नो काममा फर्कने बाताबरण मिलाइदिए धन्य हुने थियो!
Jay Kishor Mahato
Aug. 24, 2020, 11:52 p.m.२ महिना देखि विदेशमा अलपत्र परेर बसेका नेपालीहरु कहाँ वाट काठमाडौंमा १ हप्ता क्वरेन्टिनमा बस्न सक्छ, त्यो पनि प्रतिदिन ९ हजार तिरेर ....पीसीआर नेगेटिभ रिपोर्ट हुनेलाई सिधै घर पठाए भैहाल्छ नि ....
Jhalak gharti magar
Aug. 24, 2020, 7:15 p.m.ईन्डिया देखि आफ्नो काम गुमाएका अनि नेपाल आफ्नो परिवारलाई भेट्न् आउँदा त्यो ब्याक्तीले पनि आफ्नै खर्चमा होटेल क्वारेन्टाइन बस्नुपर्ने हो? ईन्डियामा 5/10 हजारमा नोकरी गरेर परिवारको पेटपाल्ने ब्याग्तीले कसरी ११ हजार तिरेर होटेलमा क्वारेन्टाइन बस्न सक्छ? त्यो ब्याग्ती के आफ्नो जन्मठाँउ फर्किनु नपाउने हो या तेस्ता ब्याग्तीलाई के बेवास्ता छ?