युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – विदेशमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि मंगलबारदेखि फेरि चार्टर्ड उडान सुरु हुने भएको छ । यसअघि क्वरेण्टीनको व्यवस्था हुन नसकेको भन्दै रोकिएको चार्टर्ड उडान फेरि सञ्चालन गर्ने निर्णय भएसँगै मंगलबारदेखि उडान हुने भएको हो ।
यसअघि होटेल क्वरेण्टीनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गएकाे सोमबारदेखि विदेशबाट नेपालीलाई ल्याउन रोक लगाइएको थियो । तर अहिले सरकारले विदेशबाट फर्कनेको साथमा कोरोनाको पीसीआर जाँचको नेगेटिभ रिपोर्ट भएमा होटल क्वरेण्टीनमा बस्न नपर्ने निर्णयसमेत गरिसकेको छ ।
मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । यसअनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले यूएईबाट नेपाली ल्याउने छ ।
बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट नेपाली ल्याउन चार्टर्ड उडान भर्नेछ । नेपाली कम्पनीको उडान तालिका भने बिहीबार मात्र छ । बिहीबार नेपाल एअरलाइन्सले रियाद र हिमालय एअरलाइन्सले दमामबाट नेपाली ल्याउनका लागि उडान भर्नेछन् ।
त्यसै दिन यूरोप र अमेरिकाबाट पनि यात्रु लिएर टर्किस एअर आउने छ । फर्कने सबैको पीसीआर रिपोर्ट हुनुपर्छ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वरेण्टीनमा राखेको खर्च एअरलाइन्सले नै बेहोर्नुपर्छ ।
टर्किस र कतार एअरले एक उडानमा मात्र १ सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले जनाएको छ । सरकारले दैनिक पाँच सय जनाको मात्र उद्धार गर्ने जनाएको छ । सङ्क्रमण जोखिम कम भएका र पीसीआर परीक्षण सहज भएका देशबाट भदौं १६ गतेदेखि नियमति उडान हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।