भदौ मसान्तसम्म वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने आर्थिक सहायता बन्द

 भदौ १७, २०७७ बुधबार १५:११:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीको कारण वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने आर्थिक सहायता भदौ महिनाभर नपाइने भएको छ ।

कोरोना महामारीका कारण सरकारले पास दिन पनि रद्द गरेपछि बोर्डले सूचना निकालेर आर्थिक सहायता प्रदानको काम भदौ मसान्तसम्म बन्द गरिएको जनाएको छ । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका, अंगभंभ वा बिरामी भएका श्रमिक र उनका परिवारलाई आर्थिक सहायता बोर्डबाट प्रदान हुँदै आएको छ ।

आर्थिक सहायता दिने काम अहिलेलाई बन्द गरिए पनि आफ्नो पालिकामार्फत आर्थिक सहायताका लागि निवेदन दिन भने सकिन्छ । आवश्यक कागजातसहित सम्बन्धित व्यक्तिले पालिकामार्फत निवेदन दिन र त्यो निवेदन बोर्डमा पठाउन पालिकाहरुलाई बोर्डले अनुरोध गरेको छ ।

तर अहिले विदेशमा नेपाली लिन गएका चार्टर्ड जहाजमार्फत नेपालीको शव पनि आइरहेको छ । मंगलबारदेखि त केही देशबाट नियमित अन्तर्राष्ट्रिय उडान पनि खुलेको छ । यो समयमा विमानस्थलबाट बोर्डले घरसम्म निःशुल्क शव ढुवानी गरिदिने कार्य भने भइरहेको जनाएको छ ।

निषेधाज्ञाका कारण आफन्त विमानस्थलमा शव बुझ्न आउन नपाएमा बोर्ड आफैंले शव बुझेर घरसम्म पुर्‍याइरहेको छ । यसबारेमा थप बुझ्न परेमा श्रम कलसेन्टरको नम्बर ११४१ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया