उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
अछाम – अछाममा २४ वर्षीय युवकको कुटपिटपछि ज्यान गएको छ । मङ्गलसेन नगरपालिका १४ कालागाउँका २४ वर्षीय छोरा सन्तोष भण्डारीको जिल्ला अस्पताल अछाममा बुधबार ज्यान गएको हो ।
मङ्गलबार मङ्गलसेन नगरपालिका १४ कालागाउँको खाँदमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाझका युवासँग आपसी विवाद भएपछि कुटपिट हुँदा गम्भीर घाइते भएका भण्डारीको बुधबार दिउँसो जिल्ला अस्पताल अछाममा ज्यान गएको बताइएको छ ।
बाह्य चोट धेरै नदेखिए पनि भित्री भागमा गम्भीर चोट लागेको र थप उपचारका लागि नेपालगञ्ज रेफर गरिए पनि हेलिकप्टरमा लैजान नपाउँदै मङ्गलसेनमा ज्यान गएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज विष्टले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कुटपिटका कारण ज्यान गुमाएकाेले घटनाको अनुसन्धान जारी छ । कमलबजार नगरपालिकाका ६ हात्तीबाझका भूपेन्द्र शाहीलगायतका युवाको समूहले भण्डारीलाई कुटपिट गरेकाले बुधबार बिहानैदेखि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो ।
मृतकका आफन्तको तर्फबाट समेत प्रहरी कार्यालयमा उजुरी आइसकेकाले भूपेन्द्र शाही फरार रहेकाले खोजी तीव्र पारिएको उहाँले बताउनुभयो । मृतक भण्डारीका आफन्तले घटनामा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ ।