कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – कोरोनाको कारण उत्पन्न असहज परिस्थितिका बेला विदेशमा अलपत्र परेका ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।
महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका नेपालीहरु विभिन्न चार्टर्ड उडान र भदौं १६ पछि भने केही देशबाट नियमित उडानमार्फत फर्किएका हुन ।कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ देशबाट ८० हजार १६ जना नागरिक मुलुक फर्केका हुन ।
स्वदेश फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् । उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा विभिन्न देशमा गएका थिए ।
केन्द्रका अनुसार अहिलेसम्म साउदी अरेबियाबाट १२ हजार ३८१, मलेसियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७, ओमनबाट एक हजार ३२५, बहराइनबाट एक हजार २७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९३६, बङ्गलादेशबाट ८८८, माल्दिभ्सबाट ८५३, सिङ्गापुरबाट ५५५, अमेरिकाबाट ४३०, चीनबाट ३३३ र जोर्डनबाट ३१७ नेपाली स्वदेश फर्केका हुन् ।
स्वदेश फर्कनेमा प्रदेश १ का १४ हजार ६११, प्रदेश २ का १२ हजार तीन, बाग्मती प्रदेशका १८ हजार २६४, गण्डकी प्रदेशका नौ हजार ३०, प्रदेश ५ का ११ हजार ६११, कर्णाली प्रदेशका एक हजार ५२५ र सुदूरपश्चिम प्रदेशका एक हजार ७४५ रहेको केन्द्रले जनाएको छ । फर्कनेमध्ये ११ हजार २२७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।