नेप्से दाेहाेराे अङ्कले बढ्याे

 असोज १५, २०७७ बिहीबार १७:५५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केही दिनदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक बिहीबार भने २० दशमलव ६१ अङ्कले बढेको छ । बिहीबार परिसूचक बढेर १५ सय ७१ अङ्कमा पुगेकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

बिहीबार जलविद्युत् र म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेको छ । निर्जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै ३३२ दशमलव ४१ अङ्कले र जीवन बीमा समूहको उपसूचक १५७ दशमलव ३३ अङ्कले बढेको छ । दुई अर्ब ८० करोड रुपैयाँ बराबरका झण्डै एक करोड कित्ता शेयर किनबेच भएको छ ।

बिहीबार बैंक अफ काठमाण्डौ लिमिटेडको सबैभन्दा धेरै १४ करोड ७६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । माउण्टेन हाइड्रो नेपाल लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै १० प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया