शेयर बजार : नेप्से ९ दशमलव ४२ अङ्कले घट्याे, १ अर्ब ८१ करोडको कारोबार

 असोज २७, २०७७ मंगलबार १६:५६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजारकाे काराेबार मापक नेप्से परिसूचक मङ्गलबार झण्डै साढे नाै अङ्कले घटेको छ । साेमबार सामान्य बढेको परिसूचक मङ्गलबार ९ दशमलव ४२ अङ्कले घटेर १५ सय ६८ दशमलव ५९ अङ्कमा पुगेकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

मङ्गलबार व्यापार, उत्पादन र म्युचल फण्ड बाहेकका समूहको उपसूचक घटेकाे छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४८७ दशमलव ४१ अङ्कले घटेको छ भने उत्पादनमूलक समूहको उपसूचक १० दशमलव ८४ अङ्कले सुधार भएको छ ।

मङ्गलबार एक अर्ब ८१ करोड ९६ लाख रुपैयाँ बराबरका ६७ लाख ८२ हजार कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको मङ्गलबार सबैभन्दा धेरै ११ करोड २६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

परिसूचक घटे पनि ज्योति विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले ४ दशमलव ८३ प्रतिशत कमाएका छन् । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने ८ दशमलव ७२ प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया