प्रधानमन्त्री बार्नियरले विश्वासको मत पाउन नसकेपछि फ्रान्सको सरक...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ । महासंघको ५४ औं वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदाे वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो । ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ ।
शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाण्डौका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ ।
कोरोना सङ्क्रमित मतदाता व्यवसायीहरूका लागि पनि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदानको व्यवस्था मिलाइएको महासंघ निर्वाचन समितिले जनाएको छ । समितिका कुनै विवाद र समस्या नआए शनिबार राति नै मतपरिणाम आउने समितिले जनाएको छ ।
महासंघको वर्तमान विधानअनुसार शनिबारदेखि नै अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनुहुनेछ । वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र चुनाव हुन लागेको हो । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा हुँदैछ । दुई जना कार्यसमिति सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश–१ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवाल निर्विरोध चयन भएका हुन् ।
निर्वाचन समितिका अनुसार ६४ पदका लागि दुई वटा प्यानलबाट एक सय २३ जनाको उम्मेदवारी परेको छ । जिल्ला नगर समूहतर्फ १८ कार्यकारिणी सदस्यका लागि ३८ जना मैदानमा छन् । यस्तै, एसोसिएतर्फ १९ कार्यकारिणी सदस्यका लागि ३१ र वस्तुतगत संघतर्फ १४ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन् ।
कुन प्यानलमा को उम्मेदवार ?
ढकाल प्यानलबाट जिल्ला/नगर संघतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत संघतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट समूहतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार छन् । यस्तै, प्रधान प्यानलबाट जिल्ला-नगर संघतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत संघतर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति उम्मेदवार छन् ।
ढकाल समूहको वस्तुगततर्फ कार्यकारिणी समिति सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जयप्रसाद शिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, हरि कार्की र सूर्यबहादुर मगर उम्मेदवार छन् ।
प्रधान प्यानलको वस्तुगततर्फ कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, अशोक शर्मा, गोविन्द ढुंगेल, दीपकप्रसाद दाहाल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, रविन पुरी, विप्लवमान सिंह, विष्णुप्रसाद गैरे, शकुन्तलाल हिराचन, शारदा रिजाल, शिवप्रसाद घिमिरे, सन्दीपकुमार अग्रवाल र सुनीलगोपाल श्रेष्ठ उम्मेदवार छन् ।
ढकाल प्यानलको एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा भरत आचार्य, गोपाल खनाल, रामशरण थपलिया, अम्बिकाप्रसाद पौडेल, देशबन्ध बस्नेत (अजित), विनोद ढकाल, सुशील थापा, बाबुकाजी कार्की, कृष्णलाल महर्जन, विराट थापा, सञ्जय गिरी, अविनाश बोहरा, रेखा घिमिरे, वासुदेव गौतम र रामकृष्ण प्रसाईं छन् ।
यस्तै, प्रधान प्यानलको एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा विजयसिंह वैद्य, रञ्जित आचार्य, कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारिया, मंगेशलाल श्रेष्ठ, अशोक टिमानी, सुनीलनारायण श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, प्रबलजंग पाण्डे, शैलेन्द्र गुरागाईं, मदनलाल जोशी, हेमन्त गोल्छा, शक्ति बेगानी र उदीप श्रेष्ठ उम्मेदवार छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।