बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डौ – शनिबार दिनभरका मुख्य घटनामध्ये धेरैको ध्यान सत्तारुढ नेकपाको सचिवालय बैठकमा केन्द्रित रह्यो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै प्रस्ताव पेश गरेपछि विवाद उत्कर्षमा पुगेको छ । दुई प्रस्तावमाथि बैठकमा छलफल गर्नुअघि अनौपचारिक छलफल गर्नुपर्ने अडान राख्दै आउनुभएका ओली बुधबारको सचिवालय बैठकमा अनुपस्थित हुनुभयो ।
शनिबारको सचिवालय बैठकमा पनि उहाँ उपस्थित हुने या नहुने अन्योल रहेको बेला दुई अध्यक्ष ओली र प्रचण्डबीच २५ दिनपछि एक्लाएक्लै भेटवार्ता भयो । बालुवाटारमा दुई अध्यक्षको एक्लाएक्लै भेटवार्तापछि सुरु भएको सचिवालय बैठकले दुवै प्रस्तावमाथि आइतबार बस्ने स्थायी कमिटी बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।
हेरौं आजको योसहित अरु मुख्य खबर :
नेकपाका दुवै अध्यक्षका प्रस्तावमाथि स्थायी कमिटीको बैठकमा छलफल हुने
यस वर्षको मिस नेपालको उपाधि नम्रतालाई
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।