उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
गाेरखा – गोरखामा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । काठमाण्डाैबाट आरुघाट गाउँपालिकाको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४४६ नम्बरको बस भिमसेन थापा गाउँपालिकाको तान्द्राङमा दुर्घटना भएको हो ।
तान्द्राङको मुरलीचोक भन्ने ठाउँ नजिकैबाट बस करिब १ सय फीट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा भिमसेनथापा गाउँपालिका–३ का २९ वर्षका उत्तम पुडासैनी, ३० वर्षका मनोज पुडासैनी, २९ वर्षका उज्ज्वल पुडासैनी, धार्चे गाउँपालिका–६ का ५० वर्षका सुरमान घले र केरौंजाकी ३२ वर्षकी कान्छी गुरुङ रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सुरमान र कान्छीको गोरखा अस्पतालमा उपचार भैरहेको छ भने अन्य ३ जनालाई काठमाण्डौ लगिएको प्रहरीले जानकारी दिएको छ । बसमा ३० जना यात्रु रहेका थिए । चालक निदाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारी आएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिनुभयो । चालक सम्पर्कमा आएका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।