बुधबार विशेष : काठमाण्डौको तापक्रम शून्यतिर, नेकपाको विवाद समाधानतिर !

 पुष १, २०७७ बुधबार २०:३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको तापक्रम यस वर्षकै चिसो भएको दिन बुधबार सत्तारुढ नेकपाभित्रको विवाद समाधानको बाटोतर्फ अघि बढेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत हुनुभएको छ । यस्तै संसद अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अघि नबढाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत हुनुभएको छ । दुवै अध्यक्षको यो सहमतिपछि आज स्थायी कमिटी बैठक बसेको छ । अर्को बैठक ५ गतेसम्मका लागि स्थगित भएको छ । 

ओलीले पार्टीभित्र र मन्त्रिपरिषदमा समेत छलफल नगरी अध्यादेश ल्याएपछि विवाद झनै उत्कर्षमा पुगेको थियो । तर बुधबारको छलफलमा ओली अध्यादेश फिर्ता लिएर स्थायी कमिटी बैठकमा बस्न तयार भएपछि नेकपाभित्रको अरु विवाद समाधानको बाटोतिर लागेको नेताहरुको भनाइ छ ।

हेर्नुहोस् आजका मुख्य खबर :

नेकपाको अर्को स्थायी कमिटी बैठक ५ गते, केन्द्रीय कमिटी बैठक १० गते

शीतल निवासमा झण्डै ६ घण्टासम्म सचिव कुरेर बसेका सांसद प्रचण्डको निर्देशनपछि फिर्ता

काठमाण्डौको तापक्रम २ डिग्रीमा झर्‍यो, अझै घट्ने क्रममा

टेन्ट टाँगेर जङ्गलमा बसिरहेका विप्लव कार्यकर्ता हतियारसहित पक्राउ

थप ७३६ जनामा काेराेना सङ्क्रमण, ८४७ जना डिस्चार्ज

हातमा उखु लिएर किसानहरूकाे प्रदर्शन

कोरोनालाई जित्नु भनेको खोप लगाएको भन्दा पनि राम्रो हो

वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्नुभएको छ ? न्यायका लागि यसरी लिनुहोस् सामीमार्फत निःशुल्क सहयोग

धरहरा चढेर काठमाण्डाै सहर नियाल्ने रहर पूरा गर्न अझै धेरै समय कुर्नुपर्ने हुन सक्छ

सिंहदरबार प्रवेश गर्ने कर्मचारीकाे पाेसाक जाँच, अधिकांशले नलगाएकाे पाइयाे

अब कुन बैंकमा कति ब्याज दर ?

नेप्से ६ अङ्कभन्दा धेरैले घट्याे

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया