चितवनमा आप्रवासी स्रोत केन्द्र स्थापना, वैदेशिक रोजगारीका समस्या न्यूनीकरण हुने विश्वास

 पुष ३, २०७७ शुक्रबार १२:३९:२९ | रासस
unn.prixa.net

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्रको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा शुक्रबार स्रोत केन्द्रको उद्घाटन गरिएको हो । 

महानगरपालिकाका प्रमुख रेनु दाहालले वैदेशिक रोजगारमा गएर नेपाली अलपत्र पर्ने अवस्था रहेकाले यसलाई न्यूनीकरणका लागि स्रोत केन्द्र महत्वपूर्ण हुने बताउनुभयो । वैदेशिक रोजगारमा गएर बेवारिसे बन्न पुगेकालाई यसले सहयोग गर्ने उहाँको भनाइ थियो । 

विदेश जाने तयारीमा रहेकालाई सही सूचना दिन, वैदेशिक रोजगारीको क्रममा समस्यामा परेमा उनीहरुको समस्या समाधानका लागि पहल गर्न र फर्किएकालाई विभिन्न सीपतालिममा जोड्नका लागि केन्द्रले सहयोग गर्ने यहाँले बताउनुभयो । 

स्वीस सरकार र नेपाल सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालिन सुरक्षित आप्रवासन परियोजना सामीमार्फत अहिले ३९ जिल्लामा पालिकामार्फत कार्यक्रम सञ्चालनमा छन् ।

यस्तै, महानगरले विदेशबाट स्वदेश फर्किएकाको लागि ‘विदेशको सीप स्वदेशको कार्यक्रम’ सञ्चालन गर्ने तयारीसमेत गरेको छ ।  यस कार्यक्रमअन्तर्गत पाँच लाखसम्म ऋण लिएर व्यवसाय गर्नेका लागि सम्पूर्ण व्याज महानगरले व्यहोर्ने र २५ लाखसम्म ऋण लिनका लागि दुई प्रतिशत व्याज महानगरले व्यहोर्ने प्रमुख दाहालले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया