कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – कोरोनाको सङ्क्रमणबाट विदेशमा थप ११ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार पछिल्लो दुई हप्तामा यूएईमा मात्र थप ८ जना नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । ती मध्ये ४९ देशका ४९ हजार १ सय १० जना नेपालीमा कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
यो कुल सङ्क्रमितको ९४ प्रतिशत रहेको हो । शनिबार साँझसम्म विश्वका विभिन्न २१ देशमा रहेका ३ सय १२ जनाको कोरोना सङ्क्रमणका कारणले ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिनुभयो ।
सापकोटाका अनुसार यो हप्ता मलेसिया, भारत, कतार, यूएई, नाइजेरिया, दक्षिण अफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।