सोमबार विशेष : अब प्रतिनिधि सभा पुनःस्थापना कि चुनाव ?

 पुष ६, २०७७ सोमबार २०:२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभा विघटन भएपछिको भोलिपल्ट सोमबार दिनभर दलहरु आन्तरिक छलफल र भेटघाटमा व्यस्त रहे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुसँग छलफल गरेर राष्ट्रको नाममा सम्बोधन गर्नुभयो । आफ्नै पार्टीका विरोधीहरुले काम गर्न नदिएपछि आफूले बाध्य भएर ताजा जनादेशमा जाने निर्णय गरेको भन्दै चुनावमा जान आग्रह गर्नुभयो । उहाँले को कति लोकप्रिय र कसको कति क्षमता छ भन्ने चुनावबाटै थाहा हुने पनि बताउनुभएको छ ।

ओलीले सम्बोधन गरिरहँदा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको छुट्टै भेला भयो । भेलाले प्रतिनिधि सभाको बैठक बोलाउनुपर्ने ठहर गरेको छ । यस्तै साँझ कांग्रेससहितको सर्वदली बैठकमा पनि प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक भएकोबारे छलफल भएको छ ।

हेर्नुहोस् सोमबारका मुख्य खबर :

विगतका तिता–पिरा बिर्सेर सँगै चुनावमा जान अरू नेतालाई ओलीको आग्रह

सरकारलाई कामै गर्न नदिएपछि संसद् विघटन गरेँ : ओली

‘नाकाबन्दीको सामना गर्दा जस्तै अवस्था भोगेँ, मलाई खेद्ने पात्र एउटै हुन्’

‘नागरिकलाई फैसला गर्न दिने उत्तम विकल्प रोजेको हुँ’ (ओलीको सम्बोधनको पूर्णपाठ)

सर्वदलीय बैठककाे निष्कर्ष : ‘संविधान विराेधी, अलाेकतान्त्रिक कदमविरुद्ध एक भएर अघि बढ्छाैँ’

संसद् विघटन मेरो इच्छा होइन, भारी मनका साथ निर्णय गरेँ : प्रधानमन्त्री ओली

हामी एक छौँ, ओलीको कदमले एकतामा तात्त्विक असर गर्दैन : अध्यक्ष प्रचण्ड

प्रचण्ड–नेपाल समूहद्वारा संसद् अधिवेशनको माग, १ सय १४ सांसदको हस्ताक्षर

‘प्रतिनिधि सभा विघटन भएकाे छैन, हामी सर्वाेच्च नि जान्छाैँ’

संसद बिउँतियो भने पनि नेकपा त फुट्छ नै !

संसद् पुनःस्थापना गर्नुको विकल्प छैन : वर्षमान पुन

२४ घण्टामा १ हजार ७९ जना काेराेनामुक्त, ७४२ जनामा सङ्क्रमण

चिसो र प्रदूषणयुक्त हावाले स्वास्थ्यमा असर गर्छ,  सावधानी अपनाऔँ

उखु किसानले आन्दोलन नरोक्ने : ‘खातामा पैसा नआउँदासम्म ढुक्क हुन सकिँदैन’

चार महिनामा ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ७० प्रतिशतले घटे

तरकारीमा झण्डै २१ प्रतिशत मूल्यवृद्धि, समग्र महँगी भने घट्यो

युरोपेली युनियनमा आवद्ध देशमा कोरोना खोपको प्रयोगबारे निर्णय हुँदै : डिसेम्बर २९ अघि नै खोप लगाउन अनुमति दिने सम्भावना

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया