रवि लामिछानेलाई पाेखराबाट काठमाण्डाै ल्याइयाे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधबार (आज) सात अङ्कले बढेको छ । बैंक र जीवन बीमा समूहको शेयर उकालो लागेपछि नेप्से ७ दशमलव शून्य ४ अङ्कले बढेर दुई हजार ६८ दशमलव ४५ विन्दुमा पुगेको हो ।
बुधबार बैंकिङ समूहको शेयर २४ अङ्कले र जीवन बीमा समूहको शेयर ३ सय ९४ अङ्कले बढेको छ । जलविद्युत्, होटल, व्यापार, माइक्रो फाइनान्स, उत्पादनलगायतका अरू सबै समूहको शेयर ओरालो लागेको छ ।
बुधबार दुई सय तीन कम्पनीका एक करोड १५ लाख ५८ हजार कित्ता शेयर ६ अर्ब ८६ करोड २४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक अर्ब ४३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यो कुनै पनि कम्पनीको एकै दिन भएको कारोबारमध्ये अहिलेसम्मकै धेरै हो ।
बुधबार नबिल बैंक र समृद्धि फाइनान्सका शेयरधनीले नाै प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । युनाइटेड मर्दी हाइड्रो र नारायणी विकास बैंकका शेयरधनीले भने नाै प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।