बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डौ – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल माइतीघर मण्डलाको सडकमा पलेँटी कसेर बसेको दृश्य शुक्रबार सबैभन्दा धेरै चर्चामा रह्यो ।
नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको प्रदर्शनमा पूर्वप्रधानमन्त्रीसहित उनीहरु पक्षका पूर्व मन्त्री, सांसद र अरु नेता कार्यकर्ताको उपस्थिति थियो ।
प्रचण्ड–नेपाल समूहले माइतीघर र निर्वाचन आयोग अघिल्तिर प्रदर्शन गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो समर्थनमा रहेका केही नेताहरुलाई मन्त्री बनाउन व्यस्त हुनुहुन्थ्यो । यसअघि राजीनामा दिएका मन्त्रीहरुको ठाउँमा उहाँले पूर्वमाओवादीलाई सन्तुष्ट बनाउने गरी नियुक्त गर्नुभएको छ ।
शुक्रबार नै प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको संवैधानिक इजलासले सरकारको नाममा कारण देखाउ आदेश दिएको छ । हेर्नुहोस् शुक्रबारका मुख्य खबर :
प्रतिनिधि सभा विघटन गर्नुकाे कारणबारे सर्वाेच्चले सरकारसँग लिखित जवाफ माग्याे
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।