नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं – सरकारले कतार जान म्यानपावर धाउन नपर्ने वातावरण बनाउने भएको छ ।
केही समयभित्रै कामदार कतार पठाउने प्रक्रियाका लागि सरकारी स्तरबाटै ‘रोजगारी भिलेज’को व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
रोजगारी भिलेजको स्थापना भएपछि कतारका रोजगारदाताले आफ्नो माग लिएर आउन सक्छन् र कामदारले सोझै रोजगारदातासँग भेट गरी कतारी कम्पनीमा रोजगारीका लागि जान सक्नेछन् ।
श्रम मन्त्री गोकर्ण विष्टले यस विषयमा कतारसँगको छलफल अन्तिम चरणमा पुगेको बताउनुभएको छ । यसरी कमदार पठाउने वातावरण तयार भएपछि कतार जाँदा कमदारले एक रुपैयाँ पनि तिर्न नपर्ने मन्त्री विष्टको भनाई छ ।
रोजगरी भिलेजबाट कामदार लैजाँदा कामदारबाट एक रुपैयाँ पनि लिन नपाइने गरी सम्झौताको योजना बनेको मन्त्रालयले जनाएको छ । तर कतारसँग छलफलकै चरणमा रहेकाले कहिलेदेखि यो व्यवस्था लागू हन्छ भन्ने यकिन भैसकेको छैन ।
कतारसहित खाडीका ६ देश र मलेसिया जाने कामदारका लागि सरकारले फ्रि भिसा र टिकटको प्रावधान लागू गरिएको छ । तर कार्यान्वयन नुहँदा नेपाली कामदार म्यानपावरको माग अनुसार पैसा बुझाउन बाध्य छन् ।
यो वातावरण तयार भएपछि म्यानपावरमार्फत कतार जानु पर्ने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Saroj shah
Aug. 17, 2018, 11:29 a.m.६ करोड किन चाहियो धरौटी ?
बसन्त थापा गुल्मि
Aug. 17, 2018, 8:01 a.m.हामी जस्ता गरिब मान्छे लाई भोकै राखी आफ्नो पेट भर्ने म्यानपावर्लाइ खारेज गरेर आगमि दिन मा आउने पिडिलाइ यो बाताबरण सुचारु रुपमा लागू होस र जति पनि नेपाली ले कतार मा भोक भोकै हिड्नु परेको छ सबैले न्याए पाउ भन्ने मेरो भनाइ छ