नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
गोरखा – गोरखाका जनप्रतिनिधि र नागरिक अगुवाहरूले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा बनाउनुपर्नेमा जोड दिएका छन् । यसअघि पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसलाई राष्ट्रियरूपमै मनाउने गरिएकोमा पछिल्लो समय भने सार्वजनिक बिदा कटौती गरिएको छ । आधुनिक नेपालको भौगोलिक एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानलाई राष्ट्रले भुल्न नहुनेमा पनि उनीहरूको जोड छ ।
२ सय ९९ औँ पृथ्वी जयन्तीका अवसरमा गोरखा नगरपालिकाको आयोजनामा गोरखा सदरमुकाममा भएको कार्यक्रममा नेपाल एकीकरण र जनसहभागिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै इतिहासविद् प्राध्यापक डाक्टर राजाराम सुवेदीले पृथ्वीनारायण शाहको एकीकरण अभियानमा प्रत्यक्षरूपमा सहयोग पुर्याएका व्यक्ति र समुदायको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
पूर्वजहरूको योगदानकै कारण हामीले अहिले स्वतन्त्र देशको स्वतन्त्र नागरिक भएर बस्न पाएको उहाँले बताउनुभयो । राष्ट्रले पूर्वजहरूको योगदान भुल्दै गइरहेको अवस्थामा गोरखा नगरपालिकाले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाएकोमा सुवेदीले खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमका अन्य वक्ताहरूले पृथ्वीनारायण शाहको योगदान झल्कने भौतिक संरचना बनाइ इतिहासप्रति रुचि भएकाहरूलाई गोरखामा आकर्षण गर्न सक्नुपर्ने बताएका छन् । उनीहरूले पृथ्वीनारायण शाहको तस्बिर अङ्कित मुद्रा र हुलाक टिकट प्रकाशन गर्नुपर्नेलगायतका विषयमा सङ्घीय सरकारले चासो दिनुपर्ने बताए ।
यस्तै गोरखा नगरपालिकाको नाम परिवर्तन गरि पृथ्वीनारायण नगरपालिका राख्नुपर्ने केही वक्ताहरूले माग गरेका छन् ।
गोरखा सङ्ग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिक परिसरमा कार्यक्रम हुनुअघि हरमटारी खेलकुद मैदानबाट झाँकीसहितको र्याली निकालिएको थियो ।
गोरखा नगरपालिकाको आयोजनामा तीन दिनसम्म विभिन्न कार्यक्रम गरि यो वर्षको पृथ्वी जयन्ती मनाइँदैछ । गोरखा नगरपालिकासहित पालुङटार नगरपालिका तथा सिरानचोक, अजिरकोट र भीमसेन थापा गाउँपालिकाले आफ्नो पालिकामा आज बिदा दिएका छन् ।
यसैबीच पृथ्वी जयन्तीको अवसरमा गोरखाको गोरखनाथ मन्दिरमा विशेष पूजाआजा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।