नेप्से बढेकाे बढ्यै, पुग्यो २२ सय ६७ विन्दुमा

 पुष २८, २०७७ मंगलबार १६:३०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साढे २८ अङ्कले बढेको छ । नेप्से मङ्गलबार २८ दशमलव ३१ अङ्कले बढेर २ हजार २ सय ६७ दशमलव ७३ विन्दुमा पुगेको छ ।

व्यापारबाहेक सबै समूह बढेको दिन जीवन बीमा समूहको शेयर ३ सय ७६ अङ्कले, निर्जीवन बीमा समूहको शेयर २ सय ७३ अङ्कले, जलविद्युतको  ६०, माइक्रोफाइनान्सको ५३, बैंकको १४ र विकास बैंकको शेयर १९ अङ्कले बढेको छ ।

मङ्गलबार दुई सय दुई कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर चार अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्सको २९ करोड रुपैयाँको शेयर किनबेच भयो ।

मङ्गलबार आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत र अरू आठ वटा कम्पनीका लगानीकर्ताले नाै प्रतिशतका दरले कमाएका छन् । समग्र बजार बढे पनि नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले झण्डै चार प्रतिशत गुमाएका छन् ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया