शेयर बजार राताम्मे, झण्डै ५५ अङ्कले घट्याे

 माघ १८, २०७७ आइतबार १६:४३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन आइतबार (आज) शेयर बजार झण्डै ५५ अङ्कले घटेको छ । नेप्से ५४ दशमलव ७५ अङ्कले घटेर दुई हजार तीन सय ७० दशमलव ५४ विन्दुमा झरेको छ । 

आइतबार कारोबार भएका सबै समूहको शेयर ओरालो लागेको छ । बैंक समूहको शेयर ४२ अङ्कले, उत्पादन समूहको एक सय ३२ अङ्कले, व्यापार समूहको १९ अङ्कले, होटलको २३, विकास बैंकको ५१, जलविद्युतको ३७, फाइनान्सको ५०, जीवन बीमाको चार सय ६०, निर्जीवन बीमा समूहको दुई सय ६४ र लघुवित्त समूहको शेयर एक सय २१ अङ्कले घटेको छ । 

आइतबार दुई सय ६ कम्पनीका एक करोड ६२ लाख ७७ हजार कित्ता शेयर आठ अर्ब ९७ करोड ३२ लाख ६ हजार रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

आइतबार पाँच वटा कम्पनीका शेयर धनीले सात प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । समग्र बजार घटे पनि प्रभु लाइफ कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया