वैदेशिक रोजगारीमा जान चाहनेलाई खान–बस्नसहित निःशुल्क तालिम

 फागुन २, २०७७ आइतबार १४:९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईं सीप सिकेर वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने निःशुल्क सीप तालिम सञ्चालन भइरहेका छन् ।

सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीमा जान चाहनेरुको लागि खान बस्नसहित निःशुल्क सीपमुलक तालिम सिकाउन लागेको छ । डकर्मी, स्काफोल्डिङ, पलम्बिङ, सटरिङ–कार्पेन्टिङ, इलेक्ट्रिसियन र गार्मेन्ट गरि ६ प्रकारका नि:शुल्क तालिम दिन लागेको हो ।​ गार्मेन्टकाे तालिम  विशेषगरि वैदेशिक राेजगारीमा जान चाहने महिलाहरु लक्षित छ । गार्मेन्ट तालिम सिकेर जोर्डन जानको लागि लगानी नलाग्ने सामीले जनाएको छ ।

१९ देखि ३५ वर्ष उमेरसमुहका पुरुष र १९ देखि ३० वर्ष उमेर समुहका महिला तालिममा सहभागी हुन सक्नेछन् । यस्तै सामान्य लेखपढ गर्न जान्ने देखि १० कक्षासम्मको शैक्षिक योग्यता तोकिएको छ । काठमाण्डौ धनुषा र झापाका विभिन्न ठाउँमा तालिम सञ्चालन गरिने सामीले जनाएको छ । केही ठाउँमा तालिम सुरु भइसके पनि धेरै ठाउँमा तालिम सञ्चालनको तयारीमा रहेकाले समयमै आवेदन भरेर आफ्नो सीट सुरक्षित गर्न सामीले आग्रह गरेको छ ।

सीप सिकेर विदेश जाँदा भनेको काम सजिलै पाइन्छ र काम गर्दा दुःख हुँदैन । कमाइ पनि राम्रो हुन्छ । विभिन्न प्रकारका ठगीबाट पनि बच्न सकिन्छ । त्यसैले नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले नि:शुल्क रुपमा यस्ता तालिम दिदै आएको छ ।

तालिम सम्बन्धी थप जानकारीको लागि ९८४०२४८०३४ मा सम्पर्क गरेर बुझ्न सकिने सामीले जनाएकाे छ ।

 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया