नेप्से ८० अङ्कले घटेर २५ सय विन्दुभन्दा तल, शिखर इन्स्योरेन्सको एक अर्ब रुपैयाँको कारोबार

 फागुन १६, २०७७ आइतबार १५:२५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन आइतवार शेयर बजार झण्डै ८० अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झरेको छ । होटल तथा पर्यटन बाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से ७९ दशमलव ७४ अङ्कले घटेर २४ सय ७४ दशमलव दशमलव ३९ विन्दुमा झरेको छ ।

आइतवार बैंकिङ समूहको शेयर साढे ५४ अङ्कले, व्यापारको ११ अङ्कले, विकास बैंकको साढे ७५, जलविद्युतको ६७, फाइनान्सको ३०, निर्जीवन बीमाको एक सय ७८, उत्पादनको एक सय ९८, अन्यको ८१, माइक्रो फाइनान्सको एक सय ४१, जीवन बीमाको ६ सय २४ र लगानी समूहको शेयर चार अङ्कले घटेको छ ।

आइतवार दुई सय सात कम्पनीका एक करोड ६० लाख १७ हजार कित्ता शेयर आठ अर्ब ३५ करोड ५२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको एक अर्ब दुई करोड रुपैयाँको शेयर कारोबार भयो । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेपछि लगानीकर्ता शेयर किनबेचमा झुम्मिएका छन् ।

आइतवार गणपति वित्तीय संस्थाको सबैभन्दा धेरै सात प्रतिशत र अन्य चार वटा कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स लिमिटेडको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया