उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेप्से परिसूचक सूचकाङ्क बिहीवार ९० अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ९० दशमलव २७ अङ्कले बढेर दुई हजार पाँच सय ६ दशमलव २८ अङ्कमा पुगेको छ ।
बिहीवार जीवन बीमा समूहको शेयर पाँच सय ७१ दशमलव ९५ अङ्कले, निर्जीवन बीमा समूहको शेयर तीन सय २४ अङ्कले र ट्रेडिङको दुई सय ५६ दशमलव ७१ अङ्कले बढेको छ ।
बिहीवार दुई सय ६ कम्पनीका एक करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता शेयर ६ अर्ब पाँच करोड ८१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भयो ।
बिहीवार सूर्याेदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनएमबी ५० का लगानीकर्ताले भने तीन प्रतिशतभन्दा धेरै गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।