कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – विदेशमा रहेका काेराेना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत निकाे भएका छन् ।
गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६ सय २९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ९६ दशमलव ८ प्रतिशत अर्थात् ६१ हजार ७ सय ७३ जना निकाे भएका छन् । समितिका अनुसार यो हप्ता जापान, भारत, साउदी अरब, कतार, यूएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संङ्क्रमण देखिएको छ ।
याे हप्ता कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप एक जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जिव सापकोटाका अनुसार यो हप्ता साउदी अरबमा एकजना नेपालीको काेराेना सङ्क्रमणका कारण ज्यान गएको हो ।
यस्तै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।