उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार २४ अङ्कले घटेको छ । होटल तथा पर्यटन र व्यापारबाहेक अन्य सबै समूहको शेयर ओरालो लागेपछि नेप्से २४ दशमलव शून्य आठ अङ्कले घटेर २५ सय १४ दशमलव ३९ विन्दुमा झरेको छ ।
साेमवार बैंकिङ समूहको शेयर २१ अङ्कले, विकास बैंकको १९ अङ्कले, फाइनान्स समूहको आठ, माइक्रो फाइनान्सको ९२, उत्पादनको एक सय २९, अन्यको ३०, जीवन बीमाको तीन सय १५ र निर्जीवन बीमा समूहको शेयर एक सय ८३ अङ्कले घटेको छ ।
दुई सय ११ कम्पनीका एक करोड नौ लाख ३१ हजार कित्ता शेयर पाँच अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ४६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रुडेन्टियल इन्स्योरेन्स र सपोर्ट लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी जलविद्युत् र चन्द्रागिरि हिल्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।