उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – बिहीवार शेयर बजार २१ अङ्कले घटेको छ । व्यापार र होटलबाहेक अन्य समूहको शेयर घटेपछि नेप्से २१ दशमलव २९ अङ्कले घटेर २५ सय ४८ दशमलव ९६ विन्दुमा झरेको छ ।
बिहीवार बैंकिङ र विकास बैंक समूहको शेयर २९ अङ्कले, जलविद्युतको ४४ अङ्कले, फाइनान्सको झण्डै तीन अङ्कले, माइक्रो फाइनान्सको ४७ अङ्कले, उत्पादनको ४९ अङ्कले, अन्यको ३७, जीवन बीमा समूहको एक सय ६९ र निर्जीवन बीमा समूहको शेयर ५४ अङ्कले घटेको छ ।
बिहीवार दुई सय आठ कम्पनीका एक करोड २५ लाख कित्ता शेयर ६ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ९१ करोड रुपैयाँको शेयर कारोबार भयो ।
बिहीवार नेपाल बङ्गलादेश बैंकको शेयर सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीले १० प्रतिशत कमाएका छन् । चन्द्रागिरिको शेयर मूल्य प्रतिकित्ता दुई हजार ७९ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।