मन्त्री विष्टको पाँच महिने कार्यकालमा आन्तरिक श्रमलाई सुरक्षित बनाउन भएका काम

 भदौ ५, २०७५ मंगलबार १५:५:२६ | उज्यालो सहकर्मी

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पाँच महिने कार्यकाल पूरा भएको छ ।

पाँच महिने कार्यकाल पूरा भएको अवसरमा मन्त्री विष्टले यसबीचमा आफूले गरेका मुख्य मुख्य काम सार्वजनिक गर्नुभएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तथा आन्तरिक श्रमलाई सुरक्षित बनाउन धेरै काम भएको र अझै प्रयास भैरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

यस बीचमा श्रम नियमावली, २०७४ जारी गरिएको छ । श्रम नियमावलीमा श्रमिकको बैंकमार्फत नै तलब भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार साउनदेखि नै यो नियम लागू भइसकेको छ । 

श्रम मन्त्रालयका अनुसार नेपाली कामदारका लागि बहुसीपयुक्त तालिम केन्द्र स्थापना गर्न र वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुका लागि पुनस्र्थापना केन्द्र स्थापना गर्न कतारले सहयोग गर्ने प्रतिबद्दता जनाएको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयनका लागि नियमावलीको मस्यौदा तयार गरिएको  छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनका लागि कार्यक्रमको खाका तर्जुमा गरिएको छ ।

१४ वटा रोजगार सूचना केन्द्रहरुबाट देशमै रहेका रोजगारीका अवसरका बारेमा सूचना प्रदान गरिरहेको पनि मन्त्रालयले जनाएको छ । 

आगामी दिनमा यस्ता रोजगार सूचना केन्द्रलाई प्रदेश र सबै स्थानीय तहसम्म विस्तार गरी रोजगार सेवा प्रदान गरिने गरी प्रस्ताव गरिएको छ । त्यसैगरी बिद्यमान रोजगार पोर्टल www.jobkhoj.gov.np लाई स्तरोन्नति गरी रोजगारीका सूचनाहरु सम्बन्धित सरोकारवालासँग प्रत्यक्ष पुग्ने ब्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ । 
यस बीचमा बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना,  २०७५ स्वीकृत भइसकेको छ । यस्तै ईंट्टा उद्योगमा बालश्रम निवारणको घोषणा पनि गरिएको छ । 

यो पनि पढ्नुहोस्

श्रम मन्त्री विष्टको पाँच महिने कार्यकाल : वैदेशिक रोजगारीका क्षेत्रमा सुधारका काम

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया