उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
मेरो श्रीमान् कतारमा हुनुहुन्छ । उहाँ कतार बस्न थालेको चार वर्ष भयो । अब दुई वर्षपछि गाउँघरमै केही गर्ने गरी फर्किन्छु भन्नुभएको छ । श्रीमान् विदेश हिँडेपछि मेरो जीवनमा धेरै उतारचढाव आए ।
सासु, ससुरासँग भिन्न भएर बसेका थियौं । उहाँ विदेश गएपछि दुई छोराछोरी र मलाई यहाँ बस्ने घरको पनि समस्या थियो । परालको सानो घर थियो । सिधा भएर हिँड्दा पनि ठोकिन्थ्यो । छोराछोरीलाई कसरी स्कुल पढाउने, के खुवाउने ? केही समय निकै सास्ती भयो ।
दिक्क लाग्थ्यो । यसो गाउँतिर हिँड्दै गर्दा मान्छेहरु जम्मा भएको देखेँ । अनि के रहेछ भनेर बुझ्दा त त्यहाँ नयाँ कुराहरु सिकाईंदो रहेछ । खासै त बुझ्दिन थिएँ, तर उनीहरुले भनेका कुरा छेवैमा बसेर सुन्दा पनि मलाई आँट आउँथ्यो ।
ऋण तिरेर बचेको ५० हजार रुपैयाँ थियो । मैले थोरै जग्गा किन्छु भन्ने सोच बनाएँ । नपुगेको पैसा पछि दिने शर्तमा जग्गा किनें । परालको घर हावा आउँदा पनि उड्छ कि भन्ने चिन्ता हुन्थ्यो । अब सानो घर बनाउँछु भन्ने भयो । तर पैसा थिएन ।
श्रीमानले पठाएको पैसा थोरै थोरै जम्मा गरेर मैले घर बनाउने ढुंगा जम्मा गरें । सबैकुरा थोरै थोरै गर्दा पनि हुने रहेछ । जब गाउँमै सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बस्न पाएँ, तब मलाई घर बनाउन आँट आयो ।
घर बनाउन ठेक्का दिएँ । श्रीमानलाई पनि घर चाहिन्छ, परालको घरमा हुँदैन भनेर सम्झाएँ । उहाँले पनि पैसा पठाउनुभयो । मैले पनि गाउँघरमै सकेसम्म काम गरेर घर खर्च आफैंले पुर्याउने बाटो खोजें ।
अहिले सानो घर पनि बनाएको छु । म आफूमा पनि धेरै कुरामा परिवर्तन आएको छ । हाम्रो समुदायमा केटी मान्छे नयाँ मान्छेसँग बोलेको, हिँडेको देख्दा अनेक कुरा गर्छन् ।
मलाई पहिले त नयाँ मान्छेसँग बोल्न डर लाग्थ्यो । खाइहाल्छन् कि जस्तो लाग्थ्यो । तर हिजोआज म निर्धक्क भएर हिँड्न, बोल्न र आफ्ना योजना बनाउन सक्ने भएको छु ।
विदेशमा पनि पैसा बोटमा फल्दैन । यहाँभन्दा बढी दुःख गर्नुपर्छ । त्यसैले म पनि यहाँ दुःखै गर्छु । भोलिका लागि केही वचत गर्न सकियोस् भन्ने लाग्छ । सूँगुर पालेको छु, त्यही बेचेर आम्दानी हुन्छ ।
मैले आफ्नो खर्च पुर्याउँदा पनि निकै फाइदा हुँदोरहेछ । श्रीमान्ले पठाएको पैसाको हरहिसाब राख्ने गरेको छु । त्यसो हुँदा बचत पनि हुने र भएको खर्च देखाएर कुन चाहिँ कटौती गर्न सकिएला भनेर सोचिंदो रहेछ ।
विदेशमा भए पनि श्रीमानसँग सरसल्लाह नगरी कुनै काम गर्दिन । घर सल्लाह गर्नुपर्छ भन्ने बुझेको छु । हामीबीच विश्वास पनि बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुक बहादुर Tamang
Aug. 31, 2018, 4:13 p.m.धेरै राम्रो लाग्यो
Jit bahadur mijar
Aug. 22, 2018, 8:38 a.m.I respect to her
Thapa Benbahadur
Aug. 21, 2018, 5:45 p.m.हाम्रो समाजमा घरेलु कामकाज काे साथै व्यवहारिक कुराहरु काे बारेमा शिक्षा दिन अत्यन्तै अावश्यक छ यसाे गरे सिमित अाय बाट पनि व्यवस्थित तरिकाले घर व्यवहार चलाउन सकिन्छ भन्ने विषयमा शिक्षा एवम् भराेशा दिलाउन संस्थाले सहयाेग पुराउन सकिन्छ ।